विराटनगर । विराटनगर– ७ मा रहेको कदमाह सहकारिमा युरिया मल लिने किसानको घुइँचो लागेको छ ।
कोरानाको कुनै प्रवाह नगरी किसान मलका लागि लाम लागेका थिए । युरिया मलको अभावले गर्दा यो वर्ष धानमा गोभारा लाग्ने किसानमा चिन्ता छ । प्रत्येक राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा कम्तिमा प्रदेशमा एउटा रासायनिक मलको कारखाना खोल्ने उल्लेख छ । तर, उक्त घोषणा सपनामा मात्रै सीमित छ।
तस्बिरहरुः दीपक खड्का