छोराको वियोगमा कति आँशु बगाउँछौ आमा
तिम्रो आँशुको पीडाले मलाई पोलिरहन्छ हरपल
बरु मलाई बिजयको आशिर्वाद देउ, आमा
किनकि म यो संसारको विजेता बन्न चाहान्छु ।
समयको चक्र म सँग अलग हुन खोज्दैछ आमा
म भाग्यको खोजीमा यताउता भौतारिरहेको छु
मेरो आत्मा सुखको खोजीमा भौतारिरहेछ क्षितिजपारी
तिम्रा आँखाले बोलिरहेका भावहरु पढ्दैछु
तिमीले दिएको वात्साल्यको शक्तिले अघि बढ्दैछु आमा ।
मेरो विदाईमा किन विलाप गर्दै आँशु झार्छौ
गुलाबले त सकेन सुन्दर फुलहरु आफु सँग राख्न
म त यो संसार जित्ने तिम्रो सिपाईं हुँ आमा
तिम्रो शक्तिले त यो पृथ्वी पनि काम्दो रहेछ
तिम्रो हात मेरो माथमा पर्दा साच्चै भाग्यमानी भएको छु आमा ।
तिमी कति पनि चिन्ता नगर ल
म तिम्रो हृदयका सपना अवश्य पुरा गर्नेछु
र सधै रहने छु आमा तिम्रै सेवाको लागि
बरु मलाई साहस देउ आमा
किनकि म भीडहरुको वीचमा एक्लो छु
क्षितिज पारीको त्यो सुनौलो गन्तब्यवाट
ती चम्किला ताराहरुले मलाई बोलाइरहेछन् आमा ।
त्यसैले त तिम्रो माया साँचेको मुटु यही छोडेर जाँदैछु
तर यो सत्य यहि हो आमा मैले यो संसार जित्नु पर्छ
आकासको जुन जस्तै तिम्रो हृदयमा चम्किरहनेछु
म फुल बन्छु आमा यो पुरै संसारलाई बासना छर्न
तिमीले बिहानको हरेक श्वासमा मलाई पाउने छौ
आमा तिम्रा ओठहरु सधै मुस्कुराईरहेको देख्न पाउ
क्षितिज पारीको विरानो एक्लो देशमा तारा बनेर चम्किरहँदा ।
अति राम्रो लेख वा कविता हो यो आमाको बारेमा, जति लेखे पनि , गुणगान गए पनि कमै होला।