विराटनगरमा ‘फुड बैंक’ संचालन

विराटनगर । विराटनगर–४ जामुनगाछीमा युवाहरूको समूहले ‘फुड बैंक’ संचालनमा ल्याएका छन् ।

जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सोमबारदेखि विराटनगरमा ‘फुड बैंक’ संचालनमा ल्याएका हुन् ।

क्रिएटिभ युथ सोसाइटीमा आवद्ध भएका युवाहरूले खाद्यान्न संकलन गरि फुट बैंक संचालनमा ल्याएको संयोजक सुरज कटुवालले जानकारी दिनुभयो । ‘चाहियो भने लिएर जानुस्, नभए दिएर जानुहोस’ भने नाराका साथ युवाले स्थापना गरेको ‘फुड बैंक’ बाट आवश्यक परेको खाद्यान्न लिएर जान सक्ने संयोजक कटुवालले बताउनुभयो ।

लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यन्न सामग्री पु¥याउन ‘फुड बैंक’ स्थापना गरिएको कटुवालले बताउनुभयो । फुड बैंकको उद्घाटन जेष्ठ नागरिक बालकृष्ण घिमिरेले गर्नुभएको थियो ।

फुड बैंकमा एक जनालाई अढाई केजी चामल, आधा लिटर तेल, एकपाउ दाल, सोयाबीन र नुन रााखिएको छ । फुड बैंकका लागि नेकपा विराटनगर महानगर कमिटिका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलिले २० क्विन्टल चामलसहित केहि खाद्यन्न संकलनमा सहजीकरण गरिदिनु भएको छ । यसैगरी निर्माण व्यवसायीहरुले, विद्यार्थी नेताहरु, सामाजिक क्षेत्रमा क्रियाशिल अगुवाहरु र स्वयम् युवाहरुको समूहले समेत फुड बैंकमा योगदान गरेका छन् । युवाहरूले सुरु गरेको यस्तो अभियान आर्थिक अवस्था नाजुक भएका परिवारलाई राहत पुग्ने नेकपा विराटनगरका अध्यक्ष थापाले बताउनुभयो ।

सोमबार, १५ भदौ, २०७७, दिउँसोको ०२:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर