कोरोना परीक्षणमा भएको अनियमितताबारे बुझ्न प्रजिअलाई मन्त्री घिमिरेको निर्देशन

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना परीक्षणमा भएको अनियमितताबारे सत्यतथ्य बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई निर्देशन दिनुभएको छ ।

मोरङको बुढीगंगा गाउँपालिकामा कोरोना परीक्षणमा अनियमितता भएको विषयमा सञ्चार माध्यममा समाचार आएकाले सत्यतथ्य बुझ्नका लागि प्रजिअलाई आइतबार मन्त्री घिमिरेले निर्देशन दिनुभएको हो ।

मन्त्री घिमिरेले प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवसँग परीक्षण शुल्कका विषयमा सोधपुछ गर्नुभएको थियो । प्रयोगशाला निर्देशक यादवले कोरोना परीक्षणमा कसैसँग पनि शुल्क नलिएको मन्त्री घिमिरेसमक्ष स्पष्ट पार्नुभएको थियो ।

गाउँपालिकाले उद्योगसँग प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ शुल्क लिएको घटना सार्वजनिक भएपछि मन्त्रि घिमिरेले चासो लिनुभएको हो ।

आइतबार, ०७ भदौ, २०७७, साँझको ०५:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर