बैंकका शाखाहरु बिहीबार बन्द रहने

विराटनगर । नेपाल बैंकर्स संघले आज बैंकका सम्पूर्ण शाखाहरु सञ्चालन नगर्ने निर्णय गरेको छ । काठमाण्डौ उपत्यकामा आजबाट सुरु भएको निषेधाज्ञामाबैंकका कर्मचारीलाई कार्यालयसम्म पुग्न प्रहरीले अबरोध गरेको भन्दै संघले आज बैंकका शाखा नखोल्ने निर्णय गरेको हो ।

बैंकका कर्मचारीहरु कार्यालय पुग्न पाएनन् बरु दुःख पाउने अवस्था भएपछि बैंकका शाखा नखोल्न निर्देशन दिएको नेपाल बैकर्स संघका अध्यक्ष भूवनकुमार दाहालले जानकारी दिनुभएको छ ।

मंगलबार मध्यराति १२ बजेदेखि काठमाण्डौ उपत्यकामा निशेधाज्ञा जारी गरिएको छ । उपत्यकामा कोरोना संक्रमण तिब्रगतिमा फैलिन थालेपछि त्यसलाई रोकथाम तथा नियन्त्रण गर्न तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञाका क्रममा बैंक तथा वित्तीय संस्थाका शाखाहरु खुला रहने भनिएको थियो तर प्रहरीले बैंकका कर्मचारीहरुलाई बाटोमै रोकेर कार्यालयसम्म जान नदिएपछि असन्तुष्ट भएको बैंकर्स संघले शाखाहरु बन्द गर्ने निर्णय लिएको हो ।

बिहिबार, ०४ भदौ, २०७७, बिहानको ११:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर