लोड हुँदैछ...

मेनु

ईनरुवा बजार निर्मलीकरण

ईनरुवा बजार निर्मलीकरण

विराटनगर । सुनसरीको सदरमुकाम ईनरुवामा विभिन्न भाईरस तथा जिवाणुहरु रोकथामका लागी नगरक्षेत्रलाई निर्मलीकरण गरिएको छ ।

पहिलो चरणमा नगर क्षेत्रको मुख्यबजारको आसपासका उच्च जोखिममा रहेका क्षेत्रलाई निर्मलीकरण गरिएको हो । विश्वव्यापी रुपमा कोरोना भाईरसको संक्रमण थप फैलिन नदिन ईनरुवा नगरपालिकाले दमकल मार्फत नगरक्षेत्रमा बिषादि युक्त औषधी छर्किएको नगरप्रमुख राजन मेहत्ताले बताउनुभयो ।

नगरपालिकाले भने आगामी चरणमा बजार क्षेत्रका थप बढी भिडभाड हुने गरेको क्षेत्रमा समेत औषधी छर्कने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।