विराटनगर । विवाद समाधानका लागि दुई अध्यक्षको सहमतिमा गठन भएको कार्यदल र त्यसको कार्यक्षेत्रको विषयमा छलफल गरी संस्थागत गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक केही बेरमा सुरु हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी आइतबार बैठक बोलाइएको थियो । बैठकमा पार्टी भित्र देखिएको विवादका विभिन्न विषयमा समेत छलफल हुने बताइएको छ । बैठकमा अनिश्चित बनेको स्थायी समिति बैठक सुचारु गर्ने विषयमा पनि छलफल हुने छ ।
विवाद समाधानका लागि शुक्रबाट दुई अध्यक्ष र नेता माधव कुमार नेपाल पक्षका दुई दुई जना गरी छ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलले विवाद समाधानको उपायको बारेमा छलफल गरिरहेको छ ।
कार्यदलको कार्यादेशका लागि सचिवालय बैठक बस्नुपर्ने माग सचिवालय सदस्यहरूले गरेपछि बैठक बोलाइएको हो।