लोड हुँदैछ...

मेनु

स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमा कोरोनाः स्वाब संकलन रोकियो

स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमा कोरोनाः स्वाब संकलन रोकियो

विराटनगर । समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिकामा शंकास्पद व्यक्तिहरुको पिसिआर परीक्षण गर्न स्वाब संकलन गर्ने काम नै अबरुद्ध भएको छ ।

कोरोना परीक्षणको लागि स्वाब संकलनमा खटिने एक चिकित्सकमा आइतबार कोराना संक्रमण पुष्टि भएपछि स्वाब संकलन कार्य नै रोकिएको हो ।

स्वाब संकलनमा खटिने चिकित्सकमा नै कोरोना देखिएपछि तत्कालका लागि स्वाब संकलन कार्य अघि बढ्न नसकेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनुभयो । चिकित्सकमा ज्वरो आउनेलगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो ।

चिकित्सकमा कोरोना देखिएपछि स्वास्थ्य महाशाखाका कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । उनीहरुको कोरोना परीक्षण गराएर रिपोर्ट आएपछि मात्र स्वाब संकलनको काम सुरु गरिने महानगरपालिकाले जनाएको छ ।

काममा सँगै खटिएका चिकित्सकमा कोरोना पुष्टि भएपछि जोखिम रहेकोले स्वाब संकलन रोकिएको काकीृले बताउनुभयो । चिकित्सकको सम्पर्कमा रहेका सबैको पीसीआर परीक्षण गराएपछि मात्र अन्यको स्वाबब संकलन थाल्ने महानगरको तयारी छ ।

हालसम्म विराटनगरमा ५ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ७ जना संक्रमितको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।