विराटनगरकी संक्रमित महिलाको बीपीमा मृत्यु

विराटनगर । विराटनगरकी एक कोरोना संक्रमित महिलाको सुनसरीको धरानस्थित बीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

विराटनगर २ श्याममन्दिर चौक निवासी ५० बर्षीया महिलाको उपचारको क्रममा आईतवार बिहान १ बजेतिर निधन भएको प्रतिष्ठानका प्रबक्ता डा। निदेश सापकोटाले जानकारी दिनुभयो ।

अत्यधिक ज्वारो र श्वासप्रश्वासमा समस्या भएपछि न्युरो अस्पताल हुँदै उनलाई शनिबार प्रतिष्ठानमा लगिएको थियो । ५  दिनदेखी न्युरोमा उपचाररत उनको स्वाब  परिक्षण गर्दा कोरोना देखिएपछि धरान  लगिएको थियो  ।

मृतक महिलालाई फोक्सोको समस्या, थाईराइडको समस्या र मुटुको पनि समस्या रहेको बताईएको छ । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भईरहेको प्रतिस्ठानले जनाएको छ ।

कोरोना संक्रमित मृत्यु पनि प्रदेश १ मा पहिलो महिला हुन् । विराटनगरमा यसअघि ६ जनाको कारोनाको कारण मृत्यु भएको छ । विराटनगर ९ मा २ जना, विराटनगर ३, ५, १० र १५ मा १र१ जनाको मृत्यु भइसकेको छ ।

आइतबार, ३२ साउन, २०७७, बिहानको ०९:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर