बाँसको पुलबाट खसेर मृत्यु

विराटनगर । मोरङको पथरीशनिश्चरेमा बाँसको पुलबाट खसेका एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीकाअनुसार बाँसको पुलबाट खसेर पैनीले बगाएपछि वर्तबहादुर थापाका छोरा ४ वर्षीय केशव थापाको शुक्रबार अपरान्ह मृत्यु भएको हो ।

खेल्ने क्रममा बालक घरदेखि लगभग २ सय मिटर पर रहेको पैनीमाथिको बाँसको पुलमा पुगेका थिए । पुल तर्न खोज्दा बाँसको भाटाले बनाएको पुलबाट खसेपछि बालकलाई पैनीले बगाएर दुई सय मिटर तल पु¥याएको थियो ।

पानीले बगाउँदै गरेको अवस्थामा उद्धार गरेर स्थानीय बासिन्दाले उपचारका लागि लैजाने क्रममा घाइते बालकको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार, ३१ साउन, २०७७, दिउँसोको ०२:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर