विराटनगरमा २५ संक्रमित थपिए, कुन वडामा कति ?

विराटनगर । समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगरमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार विहानसम्म थप २५ जनामा पोजेटिभ देखिएको हो ।

पोजेटिभ देखिएकाहरु ८ महिला र १७ पुरुष छन् । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार थपिएका संक्रमितहरु ८ वर्षदेखि ६६ वर्ष उमेर समूहका छन् ।

महानगरपालिकाका अनुसार विराटनगर १ मा १ जना, ३ मा ५ जना, ५ मा २ जना, ६ मा ५ जना, ८ मा १ जना, ९ मा २ जना, ११मा १ जना, १३ मा १ जना, १५ मा १ जना, १६ मा ३ जना र १७ मा २ जना संक्रमित थपिएका हुन । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ४६७ पुगेको छ ।

संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ भने ७६ जना कोरोनामुक्त भएका छन् ।

शनिबार, ३१ साउन, २०७७, बिहानको ११:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर