आइसियुमा ८९ र भेन्टिलेटरमा ४ संक्रमितको उपचार हुँदै

विराटनगर । लक्षण भएका कोरोना संक्रमिनतको संख्या बढेसँगै मुलुकभरका कोभिड अस्पतालका आइसियुमा र भेण्टिलेटरमा उपचार गराउने संक्रमितको संख्या बढ्दै गएको छ ।

शुक्रबारसम्म आइसियुमा ८९ र भेन्टिलेटर ४ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै प्रदेश २ मा ४३ जना आइसियुमा उपचाररत छन् यस्तै, बागमतीमा ४६ जना र गण्डकीमा एक जनाको आइसियुमा उपचार भइहरेको छ । बागमती प्रदेशमा ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

देशभर ९ सय ४२ आइसियु र ४ सय ९६ भेन्टिलेटर रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । बागमती प्रदेशमा सबैभन्दा धेरै ६ सय ३० आइसियु र ३ सय ६१ भेन्टिलेटर रहेको बताइएको छ ।

 

शनिबार, ३१ साउन, २०७७, बिहानको ११:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर