विराटनगर । विराटनगरमा शुक्रबार थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये २० पुरुष र १३ महिला रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै शुक्रबार दिउँसोसम्म विराटनगरमा कोरोना ४४७ पुगेको छ । महानगरमा कोरोनाबाट संख्या ६ जनाको मृत्यु भएको भने कोरोनामुक्त भई ६९ जना डिस्चार्ज भएका छन् ।
कोरोनाबाट विराटनगर ९ का २ जना तथा १०, ३, ५ र १५ नम्बर वडाका १/१ जनाको मृत्यु भएको छ । कोरोनाको कारण विराटनगरमा मृत्यु हुने सबै पुरुष हुन् । बिहीबार दिउँसो कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका विराटनगर १५ का ३० वर्षीय युवकमा कोरोना संक्रमण रहेको शुक्रबार विहान पुष्टि भएको हो ।
शुक्रबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी विराटनगर ५ का छन् । विराटनगर ५ मा ३ पुरुष र २ महिला संक्रमित भेटिएका छन् । यस्तै ४ मा ३ जना, ६ मा ३ जना, ७ मा ४ जना, ८ मा ३ जना, ९ मा ३ जना, १५ मा २ जना, १६ मा ३ जना संक्रमित थपिएका रहेका छन् । १०, ११, १२, १, ३ र १७ मा १/१ जना संक्रमित थपिएका छन् । वडा नखुलेको १ जना रहेका छन् ।