नेपालमा थप ५ सय २५ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

विराटनगर । आज देशभरि थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाण्डौंका १ सय ११, ललितपुरका ११ , भक्तपुरका ५, धनुषाका २२, झापाका २, पर्साका ३९, सुनसरीका २०, उदयपुरका १, मोरङका ८८, ईलामका ४, महोत्तरीका २०, रौतहटका २५, सिराहाका २, सप्तरीका ३१, बाराका १, नुवाकोटका १ र सर्लाहीका २६ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै चितवनका ११, मकवानपुरका २८, सिन्धुलीका २, काभ्रेका ८, रामेछापका ३, दोलखाका १, सुर्खेतका १, कपिलवस्तुका २१, कास्कीका ३, नवलपरासीका ४, तनहुँका १, प्युठानका ३, रुपन्देहीका १२, दाङका २, बाँकेका १०, बर्दियाका ३, पाल्पाका १, बैतडीका १ र डोटीका १ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । नेपालमा आज १ सय ९ जना संक्रमितहरु कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या भने १६ हजार ८ सय ३७ पुगेको छ ।

बिहिबार, २९ साउन, २०७७, साँझको ०५:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर