विराटनगरमा २७ जना कोरोना संक्रमित थपिए

विराटनगर । विराटनगरमा थप बुधबार रातिको परीक्षणमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरमा भएको पिसिआर परीक्षणमा ८ महिला र १९ पुरुषमा पोजेटिभ देखिएपछि महानगरमा कोरोना संक्रमितको संख्या ३८२ पुगेको छ ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार विराटनगर–२ मा २ जना, विराटनगर– ३ मा १ जना, ५ मा ३ जना, ६ मा २ जना, ८ मा ५ जना, ९ मा ४ जना संक्रमित थपिएका छन् । त्यस्तै वडा नम्बर १० मा २ जना, १२ मा ४ जना र १७ मा ३ जना कोरोना संक्रमित थपिएका छन् ।

विराटनगरमा संक्रमितमध्ये ६९ जना उपचारपछि घर फर्किएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

बिहिबार, २९ साउन, २०७७, बिहानको ११:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर