प्रदेशसभा सदस्य श्रेष्ठलाई कोरोना पुष्टि

विराटनगर । प्रदेश नं. १ प्रदेशसभाका सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

धनकुटाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद श्रेष्ठ सुनसरीको इटहरीमा बस्दै आउनुभएको छ । उहाँमा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशसभामा सदस्यमा कोरोना संक्रमण देखिएको पहिलो घटना हो । उहाँका श्रीमानमा पनि कोरोना देखिएको छ ।  यसअघि विराटनगर निवासी प्रदेश १ का मुख्य न्यायाधीवक्ता चुडामणी आचार्यसहित उहाँको परिवारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सांसद श्रेष्ठले केही दिन अगाडि ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको बताउनुभयो । अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उहाँले कोरोनालाई सहज रुपमा लिएर आत्मबल दरिलो बनाई परास्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बुधबार, २८ साउन, २०७७, बिहानको १०:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर