विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङको बुढीगंगा घर भएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बूढीगंगा गाउँपालिका –२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार विहान प्रतिष्ठानमा मृत्यु भएको हो ।
श्वासप्रश्वास र उच्च ज्वरोको समस्यापछि सोमबार प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका उनमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई आइसोलेशनमा भर्ना गरेर उपचार थालिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिनुभयो ।
आइसोलेसनमा उपचाररत रहेका संक्रमितको अवस्था गम्भीर भएपछि भेण्टिलेटरमा लैजाने तयारी गरिरहेको बेला बुधबार विहान १ः२० मृत्यु भएको हस्पिटलका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । उनको शव आइसोलेशनमै रहेको छ ।
मृतकको शव व्यवस्थापनका लागि सेनाको विशेष टोलीको जिम्मा लगाउने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ । बुधबार मृत्यु भएको पुरूषसँगै मोरङमा कोरोनाको कारणले मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसअघि विराटनगरका ४ पुरूष, रंगेली ८ र रतुवामाइ नगरपालिका ८ का १÷१ जना पुरूषको मृत्यु भइसकेको छ ।