काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई कोरोना भाइरसको संक्रमण भएको छ।

घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा एक संवैधानिक निकायका प्रमुखलाई कोरोना संक्रमण भएको जानकारी दिएकोमा अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

केही दिनअघि घिमिरेका ड्राइभर र पछुवा गाडीमा हिँड्ने प्रहरीलाई कोारेना संक्रमण भएको थियो । त्यसयता घरैमा बसिरहेका घिमिरेलाई पनि कोरोना पुष्टि भएको हो । अहिलेसम्म अख्तियारमा घिमिरेसहित ५० बढी कर्मचारीलाई कोरोना संक्रमण भएको छ।

अख्तियारका अरूको पनि स्वाब परीक्षणका लागि पठाइएको छ। अझै धेरैको रिपोर्ट आउन बाँकी छ।