काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई कोरोना भाइरसको संक्रमण भएको छ।
घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा एक संवैधानिक निकायका प्रमुखलाई कोरोना संक्रमण भएको जानकारी दिएकोमा अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
केही दिनअघि घिमिरेका ड्राइभर र पछुवा गाडीमा हिँड्ने प्रहरीलाई कोारेना संक्रमण भएको थियो । त्यसयता घरैमा बसिरहेका घिमिरेलाई पनि कोरोना पुष्टि भएको हो । अहिलेसम्म अख्तियारमा घिमिरेसहित ५० बढी कर्मचारीलाई कोरोना संक्रमण भएको छ।
अख्तियारका अरूको पनि स्वाब परीक्षणका लागि पठाइएको छ। अझै धेरैको रिपोर्ट आउन बाँकी छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।