विराटनगर । विराटनगर १७ मा चार वर्षको एक जना बालकलाई पनि मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ ।

बालकलाई कोरोना संक्रमण पुष्टि भएपनि ती बालकका आमाको रिपोर्ट नेगेटिभ आएको विराटनगरका १७ का वडाअध्यक्ष समिर कमरले जानकारी दिनुभयो ।

संक्रमित बालकका बुवा विराटनगर ९ गुद्रीमा सब्जी व्यापार गर्दछन् । केही दिन अगाडि बाबुमा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवारको कन्ट्रयाक टे«सिङको आधारमा परिवारको स्वाब संकलन गरिएको थियो ।

‘मंगलबार आएको रिपोट अनुसार बालकलाई कोरोना संक्रमण देखियो । आमालाई छैन,’ वडाध्यक्ष कमरले भन्नुभयो । विराटनगर १७ मा मंगलबार आएको रिपोर्ट अनुसार ४ पुरूष र ४ महिला गरि ८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६ जना एकै घरका छन् ।

एकै घरका संक्रमित रहेको परिवारका एक जना सवारी चालक हुन् । केही दिन अगाडि ती चालक संक्रमित भएपछि परिवारको अन्य सदस्यको स्वाब संकलन गरिएको थियो ।

मंगलबार विराटनगर ८ की ४ वर्षीय बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।