लकडाउनयता कालोसुचीमा पर्नेको संख्या १८ हजार बढी

विराटनगर । कोरोना भाईरसको महामारीका कारण अर्थतन्त्रमा ठुलो असर परिरहेको बेला कालो सूचीमा पर्नेहरुको संख्या भने दिनप्रतिदिन उकालो लाग्दै गएको छ ।

कर्जा सूचना केन्द्र लिमिटेडले साउन २६ सम्म १८ हजार ६ सय ५७ व्यक्ति तथा फर्मलाई कालोसुचीमा राखिएको जनाएको छ । सीआईबीका अनुसार लकडाउन यता मात्रै १ हजार भन्दा धेरै व्यक्ति तथा फर्म कालोसुचीमा परिसकेका छन् । कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सरकारले चैत्र ११ देखि लकडाउन गरेको थियो । १० चैतसम्म १७ हजार ६ सय ४५ जना व्यक्ति तथा फर्महरु कालोसुचीमा परेका थिए ।

बिचमा कालोसूचीमा पर्ने क्रम ओरालो लागेपनि चैत्र १६ गतेदेखि सो क्रम पुनः सुचारु भयो । सीआईबीका एक अधिकारीका अनुसार चैत्र १६ मा हेमकुमारी चौधरी, श्रीराम घिमिरे, सागर केसी, हर्कबहादुर सार्की,उमादेवी सार्की, कुमार घिमिरे र भरत गैरैलाई कालोसूचीमा राखिएको थियो ।

त्यसपछि भने कालोसूचीमा पर्नेहरुको संख्या दिनप्रतिदिन बढी नै रहेको छ । सीआईबीका अनुसार चैत्रमा २ सय ४५, बैशाखमा जम्मा ९४, ज्येष्ठमा १ सय ५१ र असारमा ३ सय १८ जना कालोसुचीमा परेका छन् । त्यससता चालु आर्थिक बर्षको हालसम्म २६ जना कालोसुचीमा परिसकेका छन् ।

कर्जा सूचना केन्द्रले बैंकबाट ऋण लिएको र तिर्न नमानेको वा शंकास्पद गतिविद्यि गरेको तथा बैंकमा पैसा नभई चेक काटेको खण्डमा चेक बाउन्स हुँदा बैंकद्धारा लिखित निवेदनको आधारमा सम्बन्धितलाई कालोसुचीमा राख्ने गरेको छ ।

मङ्गलबार, २७ साउन, २०७७, साँझको ०५:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर