लोड हुँदैछ...

मेनु

समयको गीत

समयको गीत

रनवनै ढाक्यो बरै कोरनाको कहर
हुरी आई उडाउँदैछ जीन्दगीका रहर ।
बाहिर जाउँ जताततै संक्रमण छ ठूलो
घरमा बसौं घरकैपिर बल्न छाड्यो चुलो ।

घरमै बस, ताजा खाउ, भन्छन् भन्नेहरू
रासनपानी नुनतेल के छ ? सोध्ने हैनन् अरू ।
कस्तो समय आफूबाहेक छैन कोहिको भर
जता छोयो, जता हेर्यो उतै लाग्छ डर
रनबनै………….

महलाले बिर्साईदियो हाँस्दै हिँड्नेबानी
आफ्नैसँग तर्किएर हिँडनुपर्ने जानीजानी ।
वल्लोपल्लो घर जाने सबै कर्म टुट्यो
स्कूल जाने, अफिस धाउने बानी पनि छुट्यो ।
रनबनै………….

जीन्दगीमा सबै कुरा आशा गर्नु रैछ क्यार
आफ्नाहरूकै मायाँ लाग्छ आफूभन्दा धेर ।
पिरहरूको ढाकर बोकी पहाड चढिरहेछु
त्रासबिहीन बिहान आउला भन्दै कुरिरहेको छु ।
रनबनै………….

बिराटनगर । २०७७।०४।२४

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।