सुनिता कार्की
धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ । पहिले निश्चित जाति समुदायमा मात्र प्रचलित क्वाँटी आजभोली सबै समुदायबीच उतिकै लोकप्रीय पनि छ । पछिल्लो समय क्वाँटीको महत्व व्यापक हुँदै गएको पाइन्छ ।
के हो क्वाँटी ?
बाल्यकालदेखि नै जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन भएको तपाइँ हामीलाई थाहा नै छ। त्यसो त परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ ।
क्वाँटि शब्द नेपालभाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जस अनुसार क्वाँ को अर्थ तातो र ति को अर्थ सुप भएकोले ‘क्वाति’ वा क्वाँटि को अर्थ तातो सुप भन्ने बुझिन्छ । मास, भटमास, ठूलो केराउ, मस्याङ, चना, सिमी, मुगि, टाटे सिमी र बोडीको मिश्रण नै क्वाँटी हो ।यो नौ गेडगुडीको मिश्रणलाई टुसा उमारी पुर्णिमाका दिन खाँदा शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि यसको विशेषता छ । यो प्रचुर प्रोटिनको स्रोत पनि हो ।
स्वस्थ्य रहनका निम्ति मानिसको शरीरलाई पर्याप्त मात्रामा भिटामिन, खनिज तत्व, प्रोटिन,कार्बोहाइडे्रट लगायत पदार्थ आवश्यक हुन्छ ।
गेडागुडी शरीरमा प्रोटिन बनाउन उपयोग हुन्छ । त्यसको आपूर्तिका लागि शरीरमा बोडी तथा अन्य प्रोटिनयुक्त खाना खानुपर्ने हुन्छ ।
क्वाँटिको टुसा वा भ्रुणमा अत्यधिक प्रोटिन भएकोले यसको सेवन गर्नु हाम्रो स्वस्थको लागि धेरै नै फलदायी हुन्छ।
प्रोटिन मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो । हाल कोरोनाले महामारीको रुप लिएको छ । प्रोटिनले शरीरमा रोग सङ लड्ने शक्ति प्रदान गर्दछ ।
शरीरमा प्रोटिनको कमी भएमा इम्युन सिस्टम कमजोर हुने,हातखुट्टा सुन्निने, कपाल झर्ने, मांसपेशी कमजोर हुने, अनियमित महिनावारी जस्तो जटिल समस्या देखा पर्न जान्छ।
प्रोटिन को मात्रा अत्यधिक भएमा हानि पनि गर्दछ्र प्रोटिन भएका खानेकुरा खाएपछि धेरै पानी खानुपर्ने हुन्छ ।
मार्क्सवादी दर्शनले आध्यात्मिक चेतनालाई गौण मान्दछ। धर्म अंगिकार गर्न नसकेपनी संसकारलाई परिमार्जित गर्दै लैजान पर्छ ।जनैपूर्णिमा रक्षाबन्धन सँगै क्वाँटी प्रोटिन प्राप्त गर्ने माध्यमको रुपमा रुपान्तरण गर्न सके समाजलाई तात्विक रुपमा मार्क्सवादी चिन्तनको माध्यम बाट जागरण गराउन र संस्कारलाई बदलिदो परिवेश सँगै ढाल्न सकिन्छ।