शनिबार २५ संक्रमित डिस्चार्ज

विराटनगर । मोरङको सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड आईसोलेशन अस्पताल गोठगाउँबाट शनिबार २५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

लक्षणबिहीन संक्रमित राखिएको आएको पीयू कोभिड आइसोलेशनमा भर्ना गरिएकाहरुको पछिल्लो पीसीआर परीक्षण नेगेटिभ देखिएपछि घर पठाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज हुनेहरुमा धनकुटाका ३ जना, इलामका १ जना, ओखलढुंगाका ५ जना, झापाका २ जना सशस्त्र प्रहरीसहित ७ जना, सुनसरीका ३ जना, मोरङका ५ जना र सोलुखुम्बुका १ जना रहेका छन् । विश्वविद्यालयको आईसोलेशनमा हालसम्म ४३५ जना संक्रमित भर्ना भएका छन् भने ३४१ जना डिस्चार्ज भएका छन् ।

यसैबीच शनिबार प्रदेश १ मा २० जना संक्रमित थपिएका छन् । इलाममा १७ सशस्त्र प्रहरीसहित झापामा ३ जनामा संक्रमण देखिएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

शनिबार, १७ साउन, २०७७, रातीको ०८:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर