पक्की पुल निर्माण भएपछि स्थानीय खुसी

बेलबारी । मोरङको बेलबारी नगरपालिका ६ को धैति खोलामा बनेको पक्की पुलको उद्घाटन गरिएको छ । नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रमबीच पुलको उद्घाटन गर्नुभएको हो ।

पुलको निर्माणको लागत तथा सयमलाई हेरर अन्य वडाहरुले समेत सिक्नुपर्ने नगरप्रमुख सुवेदीले बताउनुभयो ।

नगरको विसकाका लागि दिनरात नभनी खट्ने भन्दै सुवेदीले उज्यालो बेलबारी र समृद्ध बेलबारी बनाउन सबैको सहयोग रहेको बताउनुभयो । बेलबारी ६ नम्बर वडाको ५ लाख र नगरपालिकाको ८ लाख रुपैयाँ लागतमा पुलको निर्माण गरिएको हो ।

पक्की पुल निर्माण भएपछि बासको अस्थाई पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । पुल निर्माण भएसँगै वडा नम्बर ७ हुदै विराटनगरसम्म जानका लागि सहज भएको वडाध्यक्ष उदय बहादुर राई (राजु)ले बताउनुभयो ।

पुल निर्माण भएसगै स्थानीय बासिन्दासमेत खुसी भएका छन् । उनीहरुले नगरप्रमुख सुवेदीलाई धन्यवाद दिएका छन् ।

आइतबार, ११ साउन, २०७७, बिहानको ०९:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर