विराटनगर । ईलाका प्रहरी कार्यालय सुनसरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई १९ बर्ष पछि पक्राउ गरेको छ ।
प्रहरीले लकडाउनको समयमा घर आएका मोरङ सुन्दरहरैंचा–६ महेश्वर मार्गका ३७ बर्षीयफटाहा कान्छा भनिने प्रेम मोक्तानलाई पक्राउ गरेको हो । फटाहा कान्छासहित अर्का रमित मोक्तानले २०५८ साल बैशाख ४ गते ईटहरी उपमहानगरपालिका–१ का रोशन चौधरीलाई छुरा प्रहार गरि फरार भएका थिए । उनीहरु विरुद्ध परेको जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेपछि फरार प्रतिवादीका रुपमा उनीहरु देशका विभिन्न भागमा लुकीछिपी बस्दै आएका थिए ।
लकडाउनमा घर फर्केका फटाहा कान्छालाई गत असार १८ गते उनकै घरबाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय ईटहरीका सुचना अधिकृत मानबहादुर श्रेष्ठले बताउनुभयो ।
बिशेष सुराकीको आधारमा पक्राउ परेका कान्छा विरुद्ध सुनसरी अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाईएको ईलाका प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।