रोटरीद्वारा ५० परिवारलाई खाद्यान्न वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले “फिड टु हङ्ग्री” अभियानको पहिलो कार्यक्रम अन्तर्गत विराटनगर-१२ बखरीका ५० परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

प्रत्येक परिवारमा पाँचजना सदस्यलाई हुनेगरी खाद्यान्न सामग्री वितरण गरिएको हो । एक परिवारका ५ जनालाई पुग्ने गरी स्थानीय अम्बिका सरदार थारूको सहजीकरणमा भएको सो कार्यक्रममा रोटरी डाउनटाउनकी अध्यक्ष दिप्ती तोदी, सचिव गिरिजा सारड़ा, सेवा परियोजना संयोजक मन्जु अग्रवाल, कोषाध्यक्ष सरिता गोल्छा, पूनम राठी, मुक्ता तोदी,  बृजलता तोदी, सपना सिंघल, सन्तोष तोदी लगायतको सहभागिता थियो ।

सोही अवसरमा बखरी स्कूलमा वृक्षारोपण समेत गरिएको रोटरी डाउनटाउनकी सचिव गिरिजा सारडाले जानकारी दिइन् ।

आइतबार, ०४ साउन, २०७७, बिहानको १०:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर