जन्मदिनमा यातायात मजदुरलाई राहत वितरण

विराटनगर । करिब ४ दशक यातायात मजदुरको रुपमा जीवन यापन गरेका स्वर्गिय .नारायण लामाको जन्मदिनको अवसरमा विराटनगरका ट्याक्सी स्ट्याण्डका यातायात मजदुरलाई राहत वितरण गरिएको छ ।

स्वर्गीय नारायणका छोरा किरण लामाले तुलसी बहुमुखी सहकारी संस्थाको सहयोगमा विराटनगर ट्यक्सी स्ट्याण्डका ३० जना यातायात मजदुरहरुलाई बिहीबार खाद्यान्न वितरण गरेका हुन् ।

राहत वितरणमा बिराट बुद्ध स्पोर्टिङ क्लब बिराटनगरका अध्यक्ष रोहित कोइराला, सहयोगी संस्थाका प्रतिनिधि तथा साग गेमका स्वर्ण पदक विजेता राम लिम्बू, मजदुर नेता मनोज सिंह राई, राष्ट्रिय युवा संघ नेपाल मोरङका नेता किरण लामालगायतको सहभागिता रहेको थियो । लकडाउनले गर्दा समस्या परेका मजदुरहरूलाई राहत स्वरूप सहयोग प्रदान गरेको विराट बुद्ध स्पोर्टिङ्ग क्बल विराटनगरका अध्यक्ष कोइरालाले बताउनुभयो ।

बिहिबार, ०१ साउन, २०७७, दिउँसोको ०४:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर