विराटनगर । रोटरी क्लब विराटनगर डाउनटाउनको अध्यक्षमा दिप्ती अग्रवाल तोदी चयन भएकी छन् ।
मङ्गलबार अनलाइन कन्फ्रेन्स मार्फत भएको १६ औं साधारण सभाबाट सन् २०२०–२०२१ का लागी अग्रवाल अध्यक्षमा चयन भएकी हुन । नयाँ समितिको महासचिवमा गिरिजा सारडा र कोषाध्यक्षमा सरिता गोल्छा चयन भएका छन् । यसअघि सन् २०१९–२०२० का लागी रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष अर्चना तापडिया रहेकी थिईन । नवनिर्वाचित समितिले कोभिड–१९ का कारण प्रभावित भएका विपन्न वर्गका नागरिकलाई मध्यनजर गर्दै ‘फिड द हङ्ग्री’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।
सो अभियान अन्तर्गत डाउनटाउनले ५० परिवारलाई मासिक रुपमा कोरोना महामारीको अन्तरालसम्म राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।


