उद्योग संगठनमा प्रहरी प्रमुखको स्वागत

विराटनगर । प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा सरुवा भई आउनुभएका प्रहरी नायव महानिरीक्षक तथा जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा भई आउनुभएका प्रहरी उपरिक्षकलाई उद्योग संगठन मोरङले स्वागत गरेको छ ।

उद्योग संगठन मोरङमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष भीम घिमिरेले उद्योग व्यवसायको सम्बद्र्धनका प्रहरी प्रशासनसँग संगठनले समन्वय गर्दै आएको बताउनुभयो । नीजि क्षेत्र र प्रहरी प्रशासनको सुमधुर सम्बन्धले शान्ति सुरक्षालगायत औद्योगिक शान्ति कायम गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो ।

प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वरबाबु कार्कीले प्रदेशको शान्ति सुरक्षा कायम गर्न आफू सदैव तत्पर रहेको बताउनुभयो । उद्योग÷व्यवसाय क्षेत्रका साथै प्रदेशको शान्ति सुरक्षा बहालीमा सबैको सहयोग आवश्यक रहेकोमा उहाँको जोड थियो ।

मोरङका प्रहरी उपरिक्षक सन्तोष खड्काले शान्ति सुरक्षाका सवालमा आफू स्पष्ट रहनुका साथै निस्वार्थ भावले सबैलाई सेवा उपलब्ध गराउँदै व्यापार व्यवसाय सञ्चालन हुने वातावरण तयार गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा संगठनका पूर्व अध्यक्ष सुशिल धनावतले स्थानीय प्रशासन सफल भए जनता समेत सफल हुने कुरामा जोड दिँदै स्थानीय प्रशासनको सहयोगले मात्र स्थानीय विकासमा सहयोग पुग्ने बताउनुभयो ।

छलफलमा उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारका, राकेश सुराना, कोषाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुवोध कोईराला, सुरेन्द्र गोल्छा, विपिन कावरा, सुनिल धनावत, ईन्द्र खत्री, पारस लुनिया, सल्लाहकार समितिका सदस्य श्याम पौड्याललगायतको उपस्थिती रहेको थियो ।

बिहिबार, ११ असार, २०७७, रातीको ११:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर