विराटनगर। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित ३९ वर्षीय शेर्पाको मंगलबार विहान निधन भएको हो ।
आन्द्राको क्यान्सरबाट पीडित उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएको थियो । तर,, पछिल्लो समय अवस्था सुधारोन्मुख नभएपछि चिकित्सकको सल्लाहमा गाउँ नै फर्काइएको थियो ।
उपचारका लागि भर्ना भएपछि एक महिनाअघि शेर्पाले आफ्नो जिम्मेवारी गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पालाई सुम्पिएको बताइएको छ । शेर्पा तत्कालिन नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।