विराटनगर । प्रदेश एक सरकारले प्रत्येक स्थानीय तहलाई समान रुपमा अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।
प्रदेशसभामा सोमबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पेस गर्दै आर्थिक मामिला मन्त्रि इन्द्र आङ्ग्बोले प्रदेश भित्रका स्थानीय तहहरुलाई समान रुपमा बजेट छुट्याएको बताउनुभएको हो ।
प्रत्येक स्थानीय तहरुलाई बित्तिय समानीकरणको लागि ५० लाख र समपुरक अनुदान १ करोड उपलब्ध गराउने बताउनुभयो । प्रत्येक स्थानीय तहहरुलाई तोकिएको रकम भन्दा नघट्ने गरि रकम उपलब्ध गराउने उहाँले बताउनु भयो ।