विराटनगर । संघीय सरकारले आजबाट सबै सरकारी कार्यालयहरु खुला हुने भनेपनि प्रदेश सरकार अन्तरगतको यातायात व्यवस्था कार्यालय सवारी इटहरी सोमबार सञ्चालनमा आएन ।
सरकारबाट कार्यालय खुल्ने स्पष्ट निर्देशन नआएको भन्दै कार्यालयका निमित्त प्रमुख राजकुमार गुप्ताले सूचना प्रकाशित गरेर कार्यालय सञ्चालन नहुने जानकारी गराउनुभएको छ ।
सूचनामा हाललाई कार्यालय सञ्चालन गर्न नसकेको भनि उल्लेख भएपनि कहिलेसम्म सेवा प्रवाह नगर्ने हो भन्ने विषय स्पष्ट पारिएको छैन ।
यातायात व्यवस्था कार्यालय सवारी र लाइसेन्स सेवाग्राहीको अधिक भिड हुने कार्यालयहरु हुन् । ति कार्यालय सञ्चालनको विधि र मापदण्डसहितको निर्देशन नभएपछि सोमबार कार्यालय नखुलेको हो ।