निजी अस्पताललाई पनि पीसीआर परीक्षणको अनुमति

विराटनगर । सरकारले निजी अस्पतालका प्रयोगशालालाई पनि पीसीआर विधिबाट कोरोना परीक्षण गर्न दिने निर्णय गरेको छ ।

सरकारले संकलन गरेका स्वाबलाई निजी प्रयोगशाला परीक्षण गर्न दिने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका जारी गरेको हो ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले निजीमा गरिएको परीक्षणको शुल्क भने सरकारले व्यहोर्ने जानकारी दिनुभयो । सरकारले कोरोना परीक्षणका लागि देशका २० भन्दा बढी ठाउँमा प्रयोगशालाको व्यवस्था गरेको छ । तर, सरकारी मापदण्डअनुसार नै कोरोना परीक्षण गर्नुपर्ने नागरिक धेरै भएपछि ती प्रयोगशालाको क्षमता भन्दा बढी नमुना स‌ंकलन भएकोले निजीमा पनि परीक्षण गर्न लागिएको हो ।

सरकारले कोरोना परीक्षण गर्न आवश्यक ठहर्‍याएबाहेक तीन मापदण्डका व्यक्तिले शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाउनेगरी निर्णयसमेत गरेको छ। विदेशी कूटनीतिक निकायका व्यक्ति, विदेश जानका लागि निरोगीताको प्रमाणपत्र पेश गर्नुपर्ने व्यक्ति र कतैबाट पीसीआर परीक्षणका लागि अत्यावश्यक भनी सिफारिस भएकाले सःशुल्क पीसीआर परीक्षण गर्न पाउने व्यवस्था गरिएको छ । सःशुल्क परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पताल गरी तीन अस्पताल तोकिएका छन्। परीक्षणको शुल्क ५ हजार ५ सय तोकिएको छ।

आइतबार, ३२ जेठ, २०७७, साँझको ०६:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर