विराटनगर/विराटनगर–१७ का स्थानीयरुले गौ–हत्याको दोषीलाई कारबाहीको माग गर्दै विरोद्य प्रर्दशन गरेका छन ।
उनीहरुले गत जेठ २२ गते विराटनगर–१७ स्थित प्रतिक टोलमा गाई काटेर मासु बेच्दै गरेको आरोपमा पक्राउ परेका २८ बर्षीय सोहेल मियाँलाई कारबाहीको माग गर्दै विरोद्य प्रर्दशन गरेका हुन । राजनितिका संरक्षणको आडमा मियाँलाई कानुनी कारबाहीबाट बचाउन खोजिएको भन्दै स्थानीयले विरोद्य प्रर्दशन गरेका हुन । उनीहरुले गौ हत्या बन्द गर, गाई हाम्रो राष्ट्रिय जनावर हो र दोषीलाई कारबाही गर लगायतका नारा घन्काउँदै हिन्दु धर्मको संरक्षण गर्न गौ–हत्या बन्द गरेर दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन ।
गत जेठ २२ गते झण्डै १० किलो मासु, मासु काटन प्रयोग गरिएको अचानो, दाउ, चुलेसी र बेच्न प्रयोग गरिएको तराजु सहित पक्राउ परेका मियाँलाई भने प्रहरीले पशुपन्क्षी कसुर ऐनको आधारमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।
बरामद मासु ल्याब परिक्षणका लागि काठमाण्डौ पठाईए पनि घुस दिएर ल्याब परिक्षणको रिपोर्ट समेत परिवर्तन गर्न खोजिएको भन्दै स्थानीय आक्रोशित भएका हुन ।