धरान । शुक्रबार सुनसरीमा शुक्रवार थप १० जना नयाँ कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५६ पुगेको छ ।
थपिएका सङ्क्रमितहरू सबै क्वारेनटाइनमै बसेकाहरू हुन् । भोक्राहा क्वारेनटाइनमा बस्ने ६ जना, देवानगन्ज क्वारेनटाइनमा बस्ने २ जना र हरीनगर क्वारेनटाइनमा बस्ने २ जना गरी १० जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् ।
यसैबीच बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट शुक्रवार थप ८ जना कोरोना सङ्क्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन् । शुक्रवार डिस्चार्ज हुनेहरूमा झापाका १ जना पुरुष, ताप्लेजुङका ३ पुरुष, पाँचथरका १ पुरुष, सुनसरी भोक्राहाका ३ जना पुरुष गरी जम्मा ८ जनाछन् ।
पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएकोले उनीहरूलाई अस्पतालबाट घर पठाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो । प्रतिष्ठानबाट योसँगै कोरोनाबाट निको भएर घर फर्किएकाहरूको सङ्ख्या १ सय पुगेको छ भने प्रतिष्ठानमा उपचाररत अझै २४ जना रहेको प्रतिष्ठानले जनाएको छ ।

