विराटनगर । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणका मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली र डोल्पामा एक÷एक जनाको कोरोनाबाट मृत्यु भएको शनिबार पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
ती महिला मिर्गौला रोगबाट पीडित थिइन् । उनको जेठ २३ गते सेती अस्पतालमा डायलसिस गराउने क्रममा मृत्यु भएको हो ।
यस्तै डोल्पाको जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको यसअघि नै कर्णाली सरकारले पुष्टि गरिसकेको थियो । आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्नेगरी घर पठाइएका उनको २० गते निधन भएकोमा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको हो ।
हालसम्म यो दुई संख्या गरी कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक गरी १३ जनाको मृत्यु भएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।