लोड हुँदैछ...

मेनु

शनिबार ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२३५ पुग्यो

शनिबार ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२३५ पुग्यो

विराटनगर। नेपालमा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा थपिएका संक्रमितसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३२३५ पुगेको जानकारी दिनुभयो ।

संक्रमितमध्ये २८६ पुरुष र ३७ महिला छन् । थप भएका संक्रमित मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना छन् । त्यसैगरी सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शनिबार थप ३२ जना कोरोना संक्रमणमुक्त भएकाक छन् । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds