विराटनगर /विराटनगरका युवा समुहले लकडाउनका कारण अलपत्र परेका भारतीय मजदुरहरुलाई दैनिक २ छाक खाना खुवाउँदै आएका छन ।
उनीहरुले नेकपा प्रदेश नं. १ का ईन्चार्ज भीम आचार्यको पहलमा विराटनगर–१७ स्थित बुधनगर कस्टम यार्डमा अलपत्र परेका भारतीय मजदुरहरुलाई विगत ५ दिनदेखि दैनिक खाना खुवाउँदै आएका हुन । नेकपाका युवा नेता मोहम्मद आजम शेखको पहलमा युवाहरुले कष्टम यार्डमा आएर अलपत्र परेका करिब ४ सय मजदुरहरुलाई दैनिक बिहान र बेलुका खाना खुवाउँदै आएका छन ।
कोरोना भाईरसको रोकथाम तथा न्युनीकरणका लागी जारी लकडाउनका कारण हाल नेपालमा कार्यरत हजारौं भारतीय कामदारहरु अलपत्र परेका छन । लकडाउनका कारण पारिवारिक आयस्रोत शुन्य बन्दा आफ्नो न्युनतम आवश्यकताको भार समेत खेप्न नसकेर स्वदेश फर्कन चाहने उनीहरु हाल सीमा क्षेत्रमै अलपत्र पर्ने गरेका छन । यस्तो अवस्थामा केही मनकारी युवाहरुले गाँसको व्यवस्थापन गरिदिँदा आफुहरुलाई केही सहज भएको अलपत्र परेका भारतीय कामदारहरुले बताएका छन ।
युवाहरुको उक्त अभियानलाई नेकपा प्रदेश नं. १ का ईन्चार्ज भीम आचार्यले पनि सहयोग गर्नुभएको छ । उहाँले आगामी दिनहरुमा पनि युवाहरुको उक्त अभियानमा सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ ।
नेकपाका युवा नेता मोहम्मद आजम शेखको पहलमा जारी उक्त अभियानमा भने मोहम्मद सोनु, मजहर आलम, मुन्ना राजवंशी, निरज चौधरी र मोहम्मख अन्सारुल लगायतका युवाहरुले सहजीकरण गर्दै आएका छन ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।