विराटनगर । मोरङको कटहरीमा सामुदायिक सर्पदंश प्राथमिक उपचार केन्द्रको भवन शिलान्यास गरिएको छ ।
कटहरी गाँउपालिका ५ स्थित सूर्य दल गण थलाहा व्यारेक परिसरमा रहेको २ कठ्ठा जमिनमा निर्माण गर्न लागिएको सर्पदंश प्राथमिक उपचार केन्द्रको भवन शिलान्यास गरिएको हो ।
बिहिबार एक कार्यक्रमबीच कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामत, जहदा गाउँपालिकाका प्रमुख कैलाश मण्डल र सुर्यदल गणका गणपति प्रमुख सेनानी रघुनाथ पौडयालसहितले भवन शिलन्यास गर्नुभयो । विराटनगर–३ का समाजसेवी राजेन्द्र खनालले सामुदायिक सर्पदंश प्राथमिक उपचार केन्द्र भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका हुन् ।
प्राथमिक उपचार केन्द्र भवनका लागि प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले २० लाख रुपैँया बजेट विनियोजन गरेको सूर्यदल गणका सहसेनानी क्याप्टेन खड्ग बहादुर निरौलाले जनकारी दिनुभयो । कटहरी गाउँपालिकाका अध्यक्ष कामतले निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
तराई क्षेत्रमा सर्पको डसाईबाट समयमा उपचार नपाउँदा र अन्धविश्वास तथा झारफुकले गर्दा वर्षेनी धेरैले ज्यान जाने गरेकोले सर्पदशंक उपचार केन्द्रको आवश्यकता महशुस गरिएको सहभागीको भनाक्ष् थियो । मोरङको कटहरी, ग्रामथान, रंगेली, सुनवर्सी, जहदा र रतुवामाईसहितका बासिन्दालाई केन्द्रले सहजता प्रदान गर्नेछ ।