मतदाताद्वारा स्वास्थ्यमन्त्री ढकाललाई एमसीसीको विरोध गर्न आग्रह

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित हालका बाहलवाला स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई त्यहाँका स्थानीयले एमसीसीको विरोध गर्न आग्रह गरेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिकामा आज आयोजित एमसीसीको विरोध प्रदर्शनमा सहभागी स्वास्थ्यमन्त्री ढकालकै मतदाताहरुले यस्तो आग्रह गरेका हुन्।

करिब एक सय जनाको उपस्थितिमा राष्ट्रिय युवा जागरण मञ्चले एमसीसीको विरोधमा प्रदर्शन गर्र्दै ढकाललाई दबाब दिएको हो । मञ्चले एमसीसीको खारेजीको माग गर्दै विहीबार नाराबाजीसहित विरोध प्रदर्शन समेत गरे ।

प्रदर्शनपछि भएको कोणसभामा नेकपा कानेपोखरी गाउँपालिका सचिवसमेत रहेका मनोज राजबंशी, मञ्चका अध्यक्ष प्रकाश धिमाल, सदस्यहरु एकराज फुयाल, मिलन अधिकारी र सन्तोष फुयालले मन्त्री ढकाललाई एमसीसीको विपक्षमा रहन अनुरोध गरेका हुन्। साथै, उनीहरुले अमेरिकाको योजनामा ल्याइन लागेको एमसीसी खारेज हुनुपर्ने माग गरेका थिए ।

बिहिबार, २२ जेठ, २०७७, रातीको ०९:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर