पूर्वडिएसपी खिउजु जेल चलान

विराटनगर । प्रहरीको बर्दीमा बलात्कार गरेको अभियोग लागेका नेपाल प्रहरीका पूर्वडिएसपी राजकुमार खिउजु जेल चलान भएका छन् ।

जिल्ला अदालत ललितपुरले बलात्कारको आरोप लागेका खिउजुलाई पूर्पक्षका लागि थुनामा पठाएको हो।

जिल्ला अदालतले बिहीबार खिउजुलाई थुनामा पठाएको हो । जागिर खान प्रहरी रिपोर्ट बनाउन गएका बेला चापागाँउँ प्रहरी कार्यालयमा प्रमुख रहेका खिउजुले बलात्कार गरेको भन्दै २१ वर्षीया युवतीले दिएको जाहेरीका आधारमा उनी विरूद्ध बलात्कारको मुद्दा चलेको थियो ।

गत फागुनमा पक्राउ परेका खिउजु विरुद्ध सरकारी वकिलले खिउजुविरूद्ध बलात्कारको अभियोगपत्र बुधवार दर्ता गरेको थियो। खिउजुले आफूलाई ६ महिनासम्म बेलाबेला धम्काउने, फकाउने र बलात्कार गर्ने गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी थिइन्।

घटनापछि खिउजुरीले प्रहरी सेवाबाट राजिनामा दिएर बसेको बेला पक्राउ परेका हुन् । उनले सो प्रकरणमा युवतीसँग सम्बन्ध रहेको भएपनि बलात्कार नभएको बताउँदै आएका छन् ।

बिहिबार, १५ जेठ, २०७७, साँझको ०६:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर