ट्रम्पले सिफारिस गरेको औषधीमा प्रतिबन्ध

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको सम्भावित उपचारका लागि मलेरिया विरूद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वाइनको परीक्षणमा अस्थायी प्रतिबन्ध लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्ध लड्न र यसको रोकथामका लागि मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वाइनको सेवन गर्नुपर्ने सिफारिस गरिरहेको बेला डब्ल्युएचओले त्यसमा प्रतिबन्ध लगाएको हो ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले सोमबार एक पत्रकार सम्मेलनमा प्रतिबन्धको घोषणा गरेका हुन्। अमेरिकामा ट्रम्पको लहैलहैमा लागे्र उक्त औषधी सेवन गर्दा धेरैको ज्यान गएको सार्वजनिक भइसकेको छ ।

ट्रम्पले पनि अहिले उक्त औषधि सेवन गर्न छोडेको बताइएको छ । उनलाई यसलाई कोरोना भाइरसको सम्भावित उपचारका लागि लिन सकिने विश्वास छ। तर, स्वास्थ्य विशेषज्ञहरूले मानव स्वास्थका लागि सो औषधि घातक हुनसक्ने चेतावनी दिँदै आइरहेका छन्।

साइन्स जर्नल ुद लान्सेटुमा प्रकाशितले हाइड्रोक्सिक्लोरोक्वाइ सेवन गर्ने मानिसहरुमा हृदयको समस्या र मृत्युको बढी जोखिममा हुन सक्ने उल्लेख गरेको छ। कार्यकारी समूहले हाइड्रोक्सिक्लोरोक्वाइनको परीक्षणमा अस्थायी प्रतिबन्ध लगाएको र सुरक्षा अनुगमन बोर्डले यसको प्रयोगको प्रभावकारीता बारे समीक्षा गरेको डब्लुएचओले जनाएको छ ।

विश्व स्वास्थ संगठनले पहिले नै चिकित्सकीय परीक्षणका लागि बाहेक कोरोना भाइरसको उपचार वा यसको रोकथामका लागि हाइड्रोक्सिक्लोरोक्वाइनको प्रयोग नगर्न सिफारिस गरेको थियो। संगठनका आपतकालिन कार्यक्रमका प्रमुख माइक रायनले विश्वका धेरै देशहरुमा लकडाउनका प्रतिबन्धहरु सहज बनाएका भएपनि कोरोना भाइरस प्रकोपको दोस्रो लहर सुरु हुनसक्ने चेतावनी दिएका छन्।

मङ्गलबार, १३ जेठ, २०७७, बिहानको ०९:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर