कोरोना संक्रमित २ जना थप, संक्रमितको संख्या २८१ पुग्यो

विराटनगर । नेपालमा कोरोना संक्रमितको संख्या शनिबार १३ जना थप हुँदै २ सय ८१ पुगेको छ ।

शनिबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार धनुषाका २० र ६५ वर्षीया पुरुषमा कोरोना भएको पुष्टि भएको छ । शनिबार बिहानै काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २८१ पुगेको विज्ञप्तिमा उल्लेख छ । शनिबार मात्र ११ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि मन्त्रालयले शनिबार नै बर्दिया राजापुरकी २८ वर्षकी महिला, सिरहा सखुवा नन्कारकट्टीका ३० वर्षका पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरका २८ वर्षकी महिला र चितवनकी २५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा पनि शनिबार नै कोरोना सं‌क्रमण पुष्टि भएको थियो ।

देशभरमा संक्रमितमध्ये १ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएका छन् । तीन जनामा पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

शनिबार, ०३ जेठ, २०७७, रातीको ०९:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर