विराटनगर । शनिबार नेपालमा थप ६ जनामा कोरोना संक्रमित भेटिएको छ ।
बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । उनीहरुमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।