संक्रमित संख्यामा चीनभन्दा अगाडि भारत

विराटनगर । कोरोना संक्रमण तीब्र गतिमा विस्तार भइरहेको भारतमा संक्रमितको संख्या चीनमा भन्दै धेरै पुगेको छ ।

कोरोना महामारीको उद्गम चीनभन्दा धेरै पछि संक्रमण फैलिएको भारतमा शुक्रबारसम्मा चीनभन्दा बढि संक्रमित देखिएका हुन् ।

शुक्रबार साँझसम्म भारतमा ८८ हजार ५ सय बढिमा संक्रमण पुष्टि भएको छ। चीनमा अहिलेसम्म ८२ हजार ९३३ जना संक्रमित छन्। शुक्रबार एक दिनमै भारतमा ३ हजार ५ सय बढिमा संक्रमण फेला परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतको कोरोना मृत्यु भने चीनको तुलनामा झन्डै आधा छ। चीनमा अहिलेसम्म ४ हजार ६३३ जनाले ज्यान गुमाएका छन् भने भारतमा २ हजार ७४२ को मृत्यु भएको छ । पछिल्लो २४ घन्टामै भारतमा सय जनाले ज्यान गुमाएका छन्।

योसँगै विश्वव्यापी कोरोना संक्रमण सूचीमा भारत ११ औं स्थानमा पुगेको छ। भारतमा पछिल्लो संक्रमित बढ्दै गएका छन् । चीनमा भने दैनिक ४–५ जना मात्र नयाँ बिरामी फेला परेका छन्।

भारतमा कुल बिरामीमध्ये ५१ हजार ६१८ जना उपचारको क्रममा छन् । चीनम भने करिब एक सय बाहेक सबै निको भइसकेका छन् ।

महाराष्ट्र भारतकै कोरोना ‘हटस्पट’ हो। भारतीय अखबार ‘द इन्डियन एक्सप्रेस’ का अनुसार त्यहाँ अहिलेसम्म २७ हजार बढीमा संक्रमण पुष्टि भएको छ। दिल्लीमा ८ हजार ५ सय बिरामी छन् भने उत्तरप्रदेशमा चार हजार संक्रमित भेटिएका छन्ु । यस्तै पश्चिम बंगालमा २ हजार चार सय संक्रमित पुगेको बताइएको छ ।

भारतका २८ राज्यमध्ये नेपालसँग जोडिएको बिहारमा पनि कोरोना संक्रमित संख्या उच्च दरले बढिरहेको छ। अहिलेसम्म यहाँ १ हजार बढी बिरामी फेला परेका छन् ।

 

शुक्रबार, ०२ जेठ, २०७७, रातीको १०:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर