काठमाडौं । अघिल्लो नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपति विद्यादेवि भण्डारीले ‘मेरो सरकार’ सरकार भन्ने सम्बोधन आज पेश भएको नीति तथा कार्यक्रममा सच्चिएको छ ।
राष्ट्रपतिले मेरो सरकार भनेको चौतर्फी आलोचना भएपछि सरकारले बचाऊ गरेकोमा यो वर्षको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ उल्लेख भएन ।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपतिले मेरो सरकारको साटो यो सरकार, यस सरकार र नेपाल सरकार उल्लेख गर्नुभएको छ । गत वर्ष संवैधानिक राष्ट्रपतिले मेरो सरकार भनेपछि राजाको जस्तै शैली भएको भन्दै आलोचना भएको थियो ।
नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा ‘नेपाल सरकार’ उल्लेख थियो । राजतन्त्र कालमा राजाले संसदमा गर्ने सम्बोधनमा सधैं ‘मेरो सरकार’ भन्ने गरेकोमा राष्ट्रपति भण्डारीले त्यसलाई प्रयोग गरेपछि राजा बन्न खोजेको भन्दै आलोचना भएको थियो ।
संसदमा राष्ट्रपतिमार्फत पेश हुने भएपनि नीति तथा कार्यक्रम सरकारले तयार पारेको हो । सरकारले तयार पारेको कार्यक्रम राष्ट्रपतिमार्फत पेश हुने गरेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।