तेस्रो प्रयासमा पूर्वराजाले पाए पास

विराटनगर । विहीबार दुई पटकसम्म जिल्ला प्रशासन कार्यालय झापाले दिएको पास रद्ध गरेको गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई झापाबाट काठमाडौं जाने सवारी पास दिएको छ।

बिहीबार राति नै गृहले पूर्वराजा शाह दम्पत्तिलाई झापाबाट काठमाडौं आउन अनुमति दिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

बिहीबार पासको लागि निवेदन दिएका शाहलाई दुई पटकसम्म पास उपलब्ध नगराउने निर्णय गृहले गरेको थियो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले पास पाएपछि पूर्वराजा विहानै झापाबाट हिँडेको जानकारी दिनुभयो ।

अहिले पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयहरुले गृह मन्त्रालयसँग अनुमति लिनुपर्ने व्यवस्था छ। गृह मन्त्रालयले कोरोना संक्रमितको संख्या बढेसँगै लकडाउन कडा बनाउँदै विरामी र मृत्यु संस्कारमा जानेलाई मात्र पास दिने नीति लिएको छ ।

लकडाउन अगाडि झापा आएका पूर्वराजा दमकको चियाबगान स्थित घरमा बस्दै आएका थिए । लकडाउन लम्बिँदै गएपछि काठमाडौंमा रहेका आमाले भेट्न चाहेकोले उनीहरुले पासको लागि निवेदन दिएका थिए ।

शुक्रबार, ०२ जेठ, २०७७, बिहानको ०९:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर