लोड हुँदैछ...

मेनु

थप ९ जनामा कोरोना, संक्रमितको संख्या २५८ पुग्यो

थप ९ जनामा कोरोना, संक्रमितको संख्या २५८ पुग्यो

विराटनगर । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका हुन् ।

बाँकेको नरैनापुर गाउँपालिका– १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलका अनुसार बाँकेमा नयाँ देखिएका कोरोना संक्रमित दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा पनि स‌ंक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ । जसमध्ये ३५ जना उपचारपछि निको भएका छन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।