विराटनगर । बिहीबार साँझ थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौं, धादिङ र धनुषामा १/१ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका काठमाडौं दहचोकका ७ वर्षीय बालक, धादिङका ३० वर्षीय महिला र जनकपुरका १७ वर्षीय महिला छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । उनीहरुमध्ये ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।