लोड हुँदैछ...

मेनु

प्रदेश १ मा दश दिनमा १० हजार बढीको कोरोना परीक्षण गर्ने तयारी

प्रदेश १ मा दश दिनमा १० हजार बढीको कोरोना परीक्षण गर्ने तयारी

विराटनगर । प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद १० हजार बढीको स्वाब परीक्षण गरिने भएको छ ।

प्रदेशका १४ वटै जिल्लाका १० हजार बढीको परीक्षण गर्नका लागि तयारी सुरु गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधिबीच बिहीबार मन्त्रालयमा भएको छलफलमा सामाजिक विकासमन्त्री जीवन घिमिरे पहिलो चरणमा १० दिनभित्रमा १० हजार व्यक्तिको परीक्षण गर्ने बताउनुभएको हो । छिमेकी मुलुक भारतले रेलसेवा सञ्चालन गरेलगत्तै भारतमा रहेका १० हजार बढी नेपाली प्रदेश १ मा प्रवेश गर्ने देखिएकाले परीक्षण बढाउनुपर्ने देखिएको उहाँको भनाइ छ ।

कोरोना भाईरसका शंकास्पदको अहिलेसम्म हटस्पट र कन्ट्याक्ट ट्रेसिङका माध्यमबाट परीक्षण हुँदै आएकोमा अब पुलिङ विधि पनि अपनाउनुपर्ने देखिएको मन्त्री घिमिरेले बताउनुभयो । हटस्पट र कन्ट्याक्ट ट्रेसिङ र पुलिङ विधिबाट परीक्षणका लागि प्रोटोकल तयार गर्न मन्त्रालयले ७ सदस्यीय विज्ञ टिम गठन गरेको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रा.डा.वसुधा खनालको संयोजकत्वमा ७ सदस्यीय विज्ञ समिति गठन गरेको हो । समिति सदस्यमा डा.सुरेश मेहता, जयवेन्द्र यादव, डा.कमाना शर्मा, डा.सन्तोष काफ्ले, केशव राई र सदस्य सचिवमा डा. नारायण भट्टराई रहनु भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

समितिलाई तीन दिनभित्रमा प्रोटोकल तयार गर्ने जिम्मेवारी दिईएको छ । यसैवीच सामाजिक विकास मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ, टेष्टिङ र ट्रिटमेन्टका लागि निर्देशिका निर्माण गरि काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।